site stats
बाह्रखरी :: Baahrakhari
देश
दसैँ मनाउन गाउँ फर्किनेको भिड 

काठमाडौं । नेपालीको महान चाड दसैँ मनाउन घर फर्किनेको भिड लागेको छ । शनिबार बिहानैबाट काठमाडौं उपत्यकाबाट बाहिरिने प्रमुख नाकामा घर जानेको भिड देख्न सकिन्छ ।

काठमाडौंका कोटेश्वर, नयाँ बसपार्क, जडिबुटी, गोंगबु, बालाजु, कलंकीलगायत क्षेत्रमा घर जानेहरु आफ्ना सरसामान बोकेर पुगेका छन् । 

दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रुहरू काठमाडौं उपत्यकाबाट बाहिरिने गरेका छन् । हरेक वर्ष दसैँ, तिहार, छठ मनाउन काठमाडौं उपत्यकाबाट घर छोड्नेहरुको संख्या उल्लेख्य हुने गर्छ । 

2-1697857623.jpg

1-1697857622.jpg

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  ०८:४२
प्रतिक्रिया दिनुहोस्