site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपालका कुशल मल्ल दोस्रो विकेटका रूपमा आउट 
फाइल तस्बिर ।

काठमाडौं । नेपाल त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध लक्ष्य पछ्याइरहेको नेपालले कुशल मल्ललाई दोस्रो विकेटको रूपमा गुमाएको  छ । 

मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा यूएईले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याइरहेको नेपालले सातौ ओभरको अन्तिम बलमा मल्ललाई दोस्रो विकेटको रुपमा गुमाएको हो । कुशल ११ रन बनाएर आउट भए ।

जारी खेलको आठ ओभर समाप्त हुदा नेपालले दुई  विकेट गुमाएर ४८ रन जोडेको छ । नेपालबाट आसिफ सेख र कप्तान रोहित पौडेल क्रमश: २२ र शून्य रनमा खेलिरहेका छन् ।

त्यसअघि टस हारेर ब्याटिङमा आएका यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४० रनको योगफल खडा गरेको थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्