site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपालका ओपनर कुशल आउट 

काठमाडौं । नेपाल त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेट गुमाएको छ । 

मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा यूएईले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याइरहेको नेपालले ओपनर कुशल भुर्तेललाई पहिलो विकेटको रुपमा गुमाएको हो । कुशल १४ रन बनाएर आउट भए ।

जारी खेलको ६ ओभर समाप्त हुदा नेपालले एक विकेट गुमाएर ३७ रन जोडेको छ । नेपालबाट आसिफ सेख र कुशल मल्ल क्रमश: १८ र चार रनमा खेलिरहेका छन् ।

त्यसअघि टस हारेर ब्याटिङमा आएका यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४० रनको योगफल खडा गरेको थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्