site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जसपाले मुख्यमन्त्री कार्कीलाई विश्वास मत दिने 

विराटनगर । कोसी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)ले पनि मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ । 

संसदीय दलका नेता निर्मला लिम्बूले प्रदेशसभाको बैठकमा बोल्दै कार्कीलाई विश्वास मत दिने बताइन् । 

बुधबार बसेको बैठकमा कार्कीले विश्वासको मत लिन प्रस्ताव गरेका छन् । बैठक जारी छ । 

"दलीय हैसियत नदिइ कोसी नामाकरण भएको थियो । समर्थन गरेनौँ । पहिले पनि सरकारलाई समर्थन गरियो यो पटक पनि गर्छौँ," लिम्बूले भनिन् ।

यसअघि जसपाले विश्वासको मत नदिने बताएको थियो । 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १३:४६
प्रतिक्रिया दिनुहोस्