site stats
बाह्रखरी :: Baahrakhari
देश
त्रिभुवन विमानस्थलबाट चिनियाँ मूलका भारतीय नागरिक पक्राउ
फाइल तस्बिर ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो परिमाणको रकमसहित चिनियाँ मूलका भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक अर्जुन चन्द ठकुरीले जानकारी दिए ।

उनका अनुसार मंगलबार दिउँसो सिचुआनबाट आई भारतको दिल्लीतर्फ जान लागेको अवस्थामा निजलाई १६ हजार ४३० अमेरिकी डलर, ५४ हजार ४५१ चिनियाँ युआन र पाँच हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको हो । छोदेनलाई प्रहरी वृत्त गौशालामा राखी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका छोदेन भारतको दलैलास्थित धर्मशालामा बस्ने गरेको खुलेको र उनको साथमा भारतीय राहदानी भएको प्रहरी नायब महानिरीक्षक चन्द ठकुरीले बताए । छोदेनबाट प्रहरीले बरामद गरेको रकम नेपाली रुपैयाँ ३१ लाख ५० हजारबराबर रहेको जनाइएको छ । रासस

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १६:२७
प्रतिक्रिया दिनुहोस्