site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
हिमालयन बैंकद्वारा काठमाडौं प्रहरीलाई गोप्रो क्यामरा हस्तान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले जिल्ला प्रहरी परिसर काठमाडौंलाई ‘इन्स्टा २६० चेष्ट स्ट्रिप’ सहित पाँच थान ‘गोप्रो हिरो ९’ क्यामरा हस्तान्तरण गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दुई लाख ६७ हजार ५०० बराबरको पाँच थान गोप्रो हस्तान्तरण गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधका आधारमा काठमाडौंमा सहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल जस्ता गतिविधिको निगरानी तथा रोकथाम गर्न बैंकले जिल्ला प्रहरी परिसरलाई सो सहयोग प्रदान गरेको हो ।

बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणाले सहयोग स्वरुप सो क्यामरा प्रहरी उपरीक्षक कुमोद ढुंगेललाई एक समारोहका बीच हस्तान्तरण गरेका हुन् ।

उक्त समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उज्वल राजभण्डारी र मुख्य प्रबन्धक समीर आचार्यको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १९:४१
प्रतिक्रिया दिनुहोस्