site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीको कार्यालय सचिवमा जीवनराम श्रेष्ठ 

काठमाडौं । नेपाल (एकीकृत समाजवादी)का सचिव जीवनराम श्रेष्ठले  केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी सम्हालेका छन् । 

पार्टीले गरेको पछिल्लो कार्यविभाजनअनुसार केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी पाएका श्रेष्ठले आजबाट कार्यभार सम्मालेका हुन् । 

उनलाई यसअघि कार्यालय सचिवको जिम्मेवारी सम्हालेका उप–महासचिव गगांलाल तुलाधर, कार्यालयका उपसचिव केदार संजेलले स्वागत गरेका हुन् ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्