site stats
बाह्रखरी :: Baahrakhari
देश
सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्व
फाइल तस्बिर ।

तनहुँ । तनहुँको म्याग्दे–६, तुरतुरे मौरीबजारमा आज बिहान सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व भएको छ ।

जेसिबीको माध्यमबाट पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

राजमार्ग अवरुद्व हुँदा सयौँ सवारीसाधन रोकिएका छन् । सुक्खा पहिरो झरिरहेकाले हटाउन समस्या भइरहेको जनाइएको छ । रासस

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  ०८:०२
प्रतिक्रिया दिनुहोस्