site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एक वर्षका लागि ८ हजारमा भायानेटको १२५ एमबीपीएसको इन्टरनेट

काठमाडौं । चाडपर्वकाे अवसरमा भायानेटले विशेष अफर ल्याएको छ । भायानेटले १२५ एमबीपीएसको इन्टरनेट वार्षिक आठ हजार ४०० रुपैयाँमा उपलब्ध गराउने घोषणा गरेकाे हाे ।

साथै दसैँ र तिहारको अवसरमा भायानेटले आफ्ना ग्राहकलाई अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका होम एप्लायन्समा ५० प्रतिशतसम्मको छुट पनि उपलब्ध गराउने बताएकाे छ ।

Argakhachi Cement Island Ad

अल्टिमा वायरलेस इयरबड्स, हिमस्टारको स्मार्ट टीभी, रेफ्रिजरेटर र वासिङ मेसिनमा विशेष छुट रहेकाे कम्पनीले जनाएकाे छ ।

यसका साथै भायानेटले 'चाडमा चौका' याेजना अवधिभर २०० एमबीपीएस र ३०० एमबीपीएस प्याकेजमा पनि विशेष छुट ल्याएकाे बताएकाे छ ।

अफर मङ्सिर ९ गतेसम्म कायम रहने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १८:३४
प्रतिक्रिया दिनुहोस्