site stats
बाह्रखरी :: Baahrakhari
देश
त्रिभुवन विमानस्थलबाट सुनसहित दुई भारतीय पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित बुधबार दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक २६ वर्षीय मिहिर सञ्जयकुमार अग्रवाल र ३० वर्षीय आचल प्रग्नेशकुमार जबेरी छन् ।

उनीहरूका साथबाट विमानस्थल प्रहरीले ३२० ग्राम सुन बरामद गरेको छ । उनीहरू हिमालयन एयरको उडानमार्फत दुबईबाट काठमाडौं आएका थिए ।

विमानस्थलको आगमन गेटमा जाँच गर्ने क्रममा उनीहरूका साथबाट सुन बरामद गरिएको हो । थप अनुसन्धान र कारबाहीका निम्ति उनीहरूलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्