site stats
बाह्रखरी :: Baahrakhari
देश
गौशालामा चक्कु हानेर भागेका सहनीले छोडेका थिए गौर जाने बसको टिकट

काठमाडौं । काठमाडौंको गौशालामा धारिलो हतियार प्रहार गरेर फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट बानियापुर गाउँपालिकाका ३७ वर्षीय सिकिलदेव सहनी रहेका छन् ।

प्रहरीका अनुसार सोमबार बिहान ११:४० बजेतिर तिलगंगाको पीके डायगोनोस्टिक सेन्टरमा गएर बारा कलैया नगरपालिका–२१ का ३८ वर्षीय साविर हुसेनमाथि धारिलो हतियार प्रहार गरी उनी फरार भएका थिए । 

Argakhachi Cement Island Ad

प्रहरीले उनलाई सोमबार नै कंलकीबाट नियन्त्रणमा लिएको थियो ।

घटनास्थलमा प्रहरीले गोलीसहित एक थान कटुवा पेस्तोल, चक्कु, कालो झोला र कोटेश्वरबाट गौर जाने बसको टिकट फेला पारेको थियो ।

उनीमाथि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  २१:०१
प्रतिक्रिया दिनुहोस्