site stats
बाह्रखरी :: Baahrakhari
विदेश
मुम्बई विमानस्थलबाट साढे तीन किलो सुनसहित एक महिला पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । भारतको मुम्बई विमानस्थलबाट झन्डै साढे तीन किलो सुनसहित एक महिला पक्राउ परेकी छन् । मुम्बई राजस्व विभागले केन्याबाट आएकी बेलायती नारिक ४० वर्षीया साहरा मोहम्मद ओमारलाई पक्राउ गरेको हो ।

सुनको बजार मूल्य झन्डै एक करोड ६३ लाख भारु रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Argakhachi Cement Island Ad

रिपोर्टका अनुसार उनले सुन भित्री वस्त्रमा लुकाएर ल्याएकी थिइन् ।

उनका वकिलले उनलाई भारतको कानुनबारे जानकारी नभएको बताएका छन् । उनी हाल हिरासतमा छिन् ।

इन्डियन एक्सप्रेसबाट ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १९:२६
प्रतिक्रिया दिनुहोस्