site stats
बाह्रखरी :: Baahrakhari
देश
राजस्व छलीका ८० थान मोबाइल र चोरीको गाडीसहित न्युरोडबाट एकजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको न्युरोडबाट राजस्व छलीका विभिन्न मोबाइल र चोरीको गाडीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको लिखु गाउँपालिकाका–६ का २९ वर्षीय मिलन श्रेष्ठ रहेका छन् ।

उनी अहिले काठमाडौंको कागेश्वरी मनहरा नगरापलिका–७ मा बस्दै आएका छन् । 

Argakhachi Cement Island Ad

न्युरोड क्षेत्रमा राजस्व छलीका विभिन्न मोबाइल लुकाएको सूचनाको आधारमा उनलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई ८० थान मोबाइल र बा १९ च ५०९४ नम्बरक गाडीसहित पक्राउ गरेको हो ।

थप कारबाहीका लागि उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा पठाइएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्