site stats
बाह्रखरी :: Baahrakhari
देश
गौशालामा आक्रमण*, एकजना घाइते
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको गौशालास्थित शारदा माविनजिक सोमबार एक व्यक्तिमाथि *आक्रमण गरिएको छ ।

प्रहरीका अनुसार, स्कुलनजिक रहेको पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ सविरमाथि अपरिचित व्यक्तिले आक्रमण गरेका हुन् । उनी घाइते भएका छन् ।

घटनास्थलमा पेस्तोल समेत फेला परेको छ । उनीमाथि सोही पेस्तोलबाट आक्रमण गरिएको प्रहरीको आशंका छ । घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

*सच्याइएको । आक्रमण हुनुपर्नेमा यसअघि अन्यथा भएकाले सच्याइएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्