site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंसहित यी जिल्लाका नदीमा बहाव बढ्ने
सेती नदीको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । देशका अधिकांश ठूला नदीमा आज पानीको बहाव सामान्य घटबढ हुने पूर्वानुमान छ । केही साना नदीमा बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस दिन झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, संखुवासभा, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, पर्सा, बारा, काठमाडौं, भक्तपुर, ललितपुर, लमजुङ, कास्की, म्याग्दी, पर्वत र रोल्पा आसपास भई बहने केही साना नदीमा बहाव सामान्य बढ्न सक्ने पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

अबका तीन दिन देशभरका प्रमुख र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने महाशाखाको पूर्वानुमान छ ।

efaf-1696131449.png

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ०९:२२
प्रतिक्रिया दिनुहोस्