site stats
बाह्रखरी :: Baahrakhari
देश
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । चितवनमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर शनिबार बिहान एक युवकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–४, नवदुर्गा चोकमा डेरा गरी बस्दै आएका सर्लाहीको मलंगवा नगरपालिका–१२ का २३ वर्षीय रामु यादवको मृत्यु भएको हो ।

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उपचारका क्रममा भरतपुर अस्पतालमा उनको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
 

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १८:२८
प्रतिक्रिया दिनुहोस्