site stats
बाह्रखरी :: Baahrakhari
देश
काभ्रेमा जुवातास खेलिरहेका आठजना समातिए
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । काभ्रेपलाञ्चोकमा जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ परेका छन् । पनौती नगरपालिका–५, चौकोटस्थित घनश्याम अधिकारीको होटेलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

शुक्रबार राति अधिकारीसहित आठजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नगद ५५ हजार ९९० रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्