site stats
बाह्रखरी :: Baahrakhari
देश
१० लाख नगदसहित काठमाडौंबाट भारतीय पक्राउ
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । १० लाख रुपैयाँसहित काठमाडौंबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको मोतीहारी घर भई ललितपुरको सानेपामा बस्दै आएका ४० वर्षीय रुपेश गुप्ता छन् ।

स्रोत नखुलेको नगद १० लाखसहित गुप्तालाई गए राति काठमाडौं महानगरपालिका–२७, ज्याठा चोकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनी बा९१प ९९५८ नम्बरको स्कुटरमा सवार थिए । चेकजाँचका क्रममा स्कुटरको डिकीभित्र ब्यागमा उक्त नगद फेला पारी चालक गुप्तालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्