site stats
बाह्रखरी :: Baahrakhari
देश
हेटौँडामा खोलाले बगाउँदा बालकको मृत्यु
फाइल तस्बिर ।

काठमाडौं । हेटौँडामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । 

हेटौँडा उपमहानगरपालिका–४, भैरव रोड बस्ने १० वर्षीय संसाद अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मंगलबार अन्सारी घर परिवारसहित हेटौँडा–१, स्थित सब्जि मन्डि नजिक राप्ति खोलामा नुहाउन गएका थिए ।

नुहाउने क्रममा उनलाई खोलाले बगाई ५०० मिटर तल राप्ती पुल नजिक पुर्‍याएको थियो ।

अन्सारीलाई परिवारले बेहोस अवस्थामा फेला पारी उपचारको लागि हेटौँडा अस्पताल लगिएकोमा मंगलबार दिउँसो डाक्टरले मृत घोषणा गरेकोको प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्