site stats
बाह्रखरी :: Baahrakhari
देश
दाङमा रात्रिबस दुर्घटना, २५ जना घाइते
प्रतीकात्मक तस्बिर ।

दाङ । काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको यात्रीवाहक रात्रिबस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९, शिवखोलामा दुर्घटना हुँदा २५ भन्दा बढी यात्री घाइते भएका छन् ।

कर्णाली  प्रदेश०२–००१ख ०३६२ नम्बरको यात्रीवाहक बस मंगलबार बिहान दुर्घटना भएको र लमही अस्पतालमा घाइते यात्रीको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले बताए ।

बसमा ४५ यात्री सवार थिए । के कति कारणले दुर्घटना भयो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  ०९:४४
प्रतिक्रिया दिनुहोस्