site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आकांक्षीलाई ओलीको चेतावनी– प्यानल बनाएको थाहा पाए उमेदवारी खारेज हुन्छ
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वाग्मती प्रदेशको अधिवेशनमा प्यानल बनाउने उमेदवारलाई चुनावै लड्न नदिने घोषणा गरेका छन् ।

काठमाडौंमा जारी पार्टीको सो अधिवेशनमा उनले सर्वसम्मत निर्णय नगरिए व्यक्तिगत चुनाव लड्नुपर्ने सर्त राखेका हुन् । “मिल्नु सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास हो । चुनाव लड्छु भन्न पाइन्छ,” ओलीले उद्घाटन समारोहमा भने, “प्यानल बनाएको थाहा पाए उमेदवारी खारेजी हुन्छ ।”

लुम्बिनी प्रदेशको अधिवेशनमा प्यालनविहीन बनाउने प्रयासमा असफल भएका उनी अहिले कडा रूपमा प्रस्तुत भएका हुन् । कृष्णभक्त पोखरेल, कैलाश ढुंगेलसहितका नेताहरू वाग्मती प्रदेश अध्यक्षका आकांक्षी छन् । प्रतिस्पर्धा गर्ने अवस्थामा प्यानल बनाउन नपाइने सर्त उनले राखेका हुन् ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्