site stats
बाह्रखरी :: Baahrakhari
देश
पृथ्वी राजमार्ग असोज ४ गतेदेखि २० गतेसम्म दैनिक ४ घण्टा बन्द हुने
फाइल तस्बिर।

काठमाडौं । असोज ४ गतेदेखि २० गतेसम्म पृथ्वी राजमार्ग रातिको समयमा चार घण्टा बन्द रहने भएको छ ।

सडक विस्तारको काम हुने भएकाले धादिङको थाक्रे गाउँपालिकाको खयरघारीदेखि गजुरी गाउँपालिकाको पोखरेखोलासम्मको सडक बन्द गर्न लागिएको हो ।

सडक राति ११ बजेदेखि बिहान ३ बजेसम्म बन्द रहने छ । यो अवधिमा अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारी साधान चलाउन रोक लगाइएको छ ।

Prithivi-highway-closed-1695047309.jpg

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  २०:१४
प्रतिक्रिया दिनुहोस्