site stats
बाह्रखरी :: Baahrakhari
देश
सिमेन्ट उद्योगमा मेसिनको ठक्करबाट कामदारको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । युनाइटेड सिमेन्ट उद्योगमा मेसिनको ठक्करबाट एकजनाको मृत्यु भएको छ । धादिङको धुनीबेँसी नगरपालिका–९, जुगेडीस्थित सो उद्योगका कामदार भारतको विहारका ३८ वर्षीय जितेन्द्र रामको मृत्यु भएको हो ।

शनिबार बिहान करिब साढे ९ बजे उद्योगमै काम गर्ने क्रममा मेसिनको ठक्करबाट उनी घाइते भएका थिए । तत्कालै काठमाडौंस्थित मनमोहन अस्पतालमा ल्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शव मनमोहन अस्पतालमै छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १५:३७
प्रतिक्रिया दिनुहोस्