site stats
बाह्रखरी :: Baahrakhari
खेल
वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल 'रिजर्भ डे'मा सर्‍यो

काठमाडौं । वर्षाका कारण एसिया कप–२०२३ अन्तर्गत भारत र पाकिस्तानबीचको सुपर फोरको खेल 'रिजर्भ डे'का लागि सारिएको छ ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादसा रंगशालामा टस हारेर ब्याटिङमा आएको भारतले २४.१ ओभरमा दुई विकेट गुमाएर १४७ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो । यसपछि चिसो मैदानका कारण खेल सुरु हुन नसक्ने भएपछि रिजर्भ डेका लागि सारिएको हो ।

यी दुई टिमबीचको खेल अब भोलि यही अवस्थाबाट सुरु हुने छ । भारतीय टिमबाट हाल क्रिजमा विराट कोहली आठ र केएल राहुल १७ रनमा खेलिरहेका छन् । त्यसअघि कप्तान रोहित शर्मा ५६ र सुभमन गिल ५८ रनमा आउट भएका थिए ।

पाकिस्तानका सदाब खान र साहिन साह अफ्रिदीले एक–एक विकेट लिएका थिए ।

सुपर फोरमा दुई अंक जोडेको पाकिस्तान तालिकाको शीर्ष स्थानमा छ । भारतको भने सुपर फोरमा यो पहिलो खेल हो ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  २१:५७
प्रतिक्रिया दिनुहोस्