site stats
बाह्रखरी :: Baahrakhari
देश
अमेरिकी सैनिकसहित वायु सेनाको विमान बिहीबार काठमाडौं आउने
फाइल तस्बिर ।

काठमाडौं । नेपाली सेना र अमेरिकाको सेनाबीच भदौ २४ गतेदेखि असोज १२ गतेसम्म संयुक्त सैन्य अभ्यास काठमाडौं उपत्यकामा हुने भएको छ । 

संयुक्त सैन्य अभ्यासको नाम ‘जोइन्ट कम्बाइन्ड एक्सचेन्ज ट्रेनिङ (जेसीइटी) ब्यालेन्स नेल’ रहेको छ । 

यो नेपाली र अमेरिकी सेनाबीच हुँदै आएको संयुक्त सैन्य अभ्यासको ४०औँ संस्करण हो । 

सैन्य अभ्यासमा नेपाली सेनाका ३० जना र अमेरिकी सेनाका १२ जना गरी ४२ जनाको सहभागिता रहनेछ । 

उक्त संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता लगायतका विषयहरूमा अनुभव तथा ज्ञान आदानप्रदान हुने नेपाली सेनाले जनाएको छ । 

नेपाली सेना अमेरिका, बेलायत, भारत, चीन, श्रीलंका, मंगोलिया, बंगलादेश, इजरायल लगायत देशहरूका सैन्य संगठनहरूसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रतिआतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सहभागी रहँदा निर्वाह गर्नुपर्ने भूमिका लगायतका विषयमा संयुक्त तालिम तथा अभ्यासहरूमा सहभागी हुँदै आएको छ । 

भदौ २४ गतेदेखि हुने संयुक्त सैन्य अभ्यासमा सहभागिताका लागि अमेरिकाको सैनिक टुकडी बन्दोबस्तीका सामग्रीसहित बिहीबार अमेरिकी वायु सेनाको विमानमार्फत काठमाडौं आउने छन् । उक्त विमान शुक्रबार फिर्ता हुने नेपाली सेनाले बताएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १७:११
प्रतिक्रिया दिनुहोस्