site stats
बाह्रखरी :: Baahrakhari
देश
वाग्मतीका तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदा

काठमाडौं । वाग्मती सरकारले भदौ २२ गते प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा मकवानपुर, चितवन र धादिङमा भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठका अनुसार प्रदेश नीति तथा योजना आयोगको सदस्यमा काठमाडौं बूढानीलकण्ठ–५ की कृष्णकुमारी बस्नेतलाई नियुक्त गरिएकोछ । 

बैठकले प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १९:३४
प्रतिक्रिया दिनुहोस्