site stats
बाह्रखरी :: Baahrakhari
देश
आफैँले आफ्नो घाँटीमा खुकुरी प्रहार गरेपछि...
फाइल तस्बिर ।

काठमाडौं । सिन्धुलीमा एक व्यक्तिले आफ्नै घाँटीमा खुकुरी प्रहार गरेका छन् ।

दुधौली नगरपालिका–१३, मनवा बस्ने ३० वर्षीय धनबहादुर मगरले शनिबार आफ्नै घाँटीमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

काका नाता पर्ने होमबहादुर बलम्पाकी मगरको घरभित्र कोही नभएको अवस्थामा पसेर खुकुरीले आफ्नै घाँटीमा प्रहार गर्दा गम्भीर घाइते भएका छन् । उनको अहिले काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

उनको मानसिक सन्तुलन ठिक नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्