site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रेमिट्यान्स १२ खर्ब २० अर्ब ५६ करोड पुग्यो : प्रधानमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको रेमिट्यान्स बढेर १२ सय २० अर्ब ५६ करोड रुपैयाँ पुगेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभामा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी भएका उनले ०८० असार मसान्तसमम रेमिट्यान्स बढेर १२ खर्ब २० अर्ब ५६ करोड पुगेको बताएका हुन् ।

सांसद उदयशमशेर राणाको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा देखिएका समस्या विस्तारै समाधान हुँदै गएको उल्लेख गरे । अर्थतन्त्रका ‘इन्डिकेटर’मा सुधार आएको उनले बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्