site stats
बाह्रखरी :: Baahrakhari
देश
पिकनिक गएका दुईजना त्रिशूलीमा बेपत्ता
फाइल तस्बिर ।

चितवन । भरतपुर महानगरपालिका–२९, गाईघाटस्थित त्रिशूली नदीमा मुख धुने क्रममा खसेर दुईजना बेपत्ता भएका छन् । शनिबार वनभोज खान गएका उनीहरू अपराह्न साढे ४ बजेतिर नदीमा बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजय पण्डितका अनुसार बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–१०, सप्तगण्डकी चोकका ३० वर्षीय अर्जुन प्रधान र सोही ठाउँका ३० वर्षीय प्रवीण श्रेष्ठ रहेका छन् ।

हाल उनीहरूको खोजी भइरहेको उनले जानकारी दिए । रासस 

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १९:५१
प्रतिक्रिया दिनुहोस्