site stats
बाह्रखरी :: Baahrakhari
देश
मुग्लिन–नारायणगढ सडक : पुनः दुईतर्फी यातायात सञ्चालनमा
तस्बिर : ईश्वर क्षेत्री/सडक डिभिजन कार्यालयले भरतपुर ।

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पुनः दुईतर्फी सवारीसाधन सञ्चालनमा ल्याइएको छ । आज दिउँसो इच्छाकामना गाउँपालिका–६, नाम्सीखोला पुलनजिकै सडकमा पहिरो खस्दा बाटो अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएर शनिबार बेलुका करिब ५ः४० बजेदेखि यातायातका साधन सञ्चालन गराइएको सडक डिभिजन कार्यालयले भरतपुरले जानकारी गराएको छ ।

“वर्षाको कारण मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलनजिकै पहिरोको कारण अवरुद्ध सडक भर्खरैमात्र दुईतर्फी सञ्चालनमा आएको छ,” सो कार्यालयले शनिबार बेलुका ५ः४० बजे जारी गरेको सूचनामा उल्लेख छ ।

कार्यालयका अनुसार पहिरो पन्छाउन तीन मेसिनको प्रयोग गरिएको थियो । यही भदौ ४ गते पनि सोही क्षेत्रमा पहिरो खसेर लामो समय सडक अवरुद्ध भएको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १७:५४
प्रतिक्रिया दिनुहोस्