site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रहरीले लखेटेका युवा 'डराएर नदीमा हाम फाले', उद्धार नगरी फर्किएको आरोप
सांकेतिक तस्बिर ।

पोखरा । घुमुवा प्रहरीले समात्न खोजेपछि एक युवा सेती नदीमा हाम फालेका छन् । बुधबार सिभिल प्रहरीको टोली चारजना युवालाई लागुऔषध सेवन तथा कारोबारको आशंकामा नियन्त्रणमा लिन गएको थियो । तीनजना युवालाई पक्राउ पनि परे । तर, अर्का एक युवा भाग्ने क्रममा नदीमा हाम फालेका हुन् ।

सेतीमा हाम फाल्ने युवा पोखरा–१ कसेरीका २८ वर्षीय सन्तोष तामाङ रहेका छन् ।

Argakhachi Cement Island Ad

स्थानीयवासीले भने प्रहरीले लखेटेपछि डराएर सन्तोषले नदीमा हाम फालेको र प्रहरी त्यसपछि उद्धार नगरी फर्केको बताएका छन् । नदीमा हाम फालेको तीन घण्टापछि मात्रै प्रहरी खोज्न भनेर सेती नदी किनार पुगेको थियो ।

कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक श्रवणकुमार बिकले युवाको खोजिकार्य भइरहेको बताएका छन् । तर, युवा किन हाम फाले भन्ने विषयमा उनले जवाफ दिएनन् ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  २०:३६
प्रतिक्रिया दिनुहोस्