site stats
बाह्रखरी :: Baahrakhari
देश
मुग्लिन–नारायणगढ सडकमा पुनः यातायात सञ्चालनमा

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको पहिरो पन्छाइएको छ । पुनः यातायातका साधन सञ्चालन गरिएको छ ।

सोमबार बेलुका करिब ८ बजे इच्छाकामना गाउँपालिका–६, नाम्सीखोला पुलनजिकै खसेको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

मंगलबार दिउँसो करिब १२ बजेर ५५ मिनेटदेखि सो सडकखण्डमा सवारीसाधन सञ्चालन गराइएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो । पहिरोका कारण बाटो अवरुद्ध हुँदा सो क्षेत्रमा सवारीसाधनको लामो लाइन लागेको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १३:२८
प्रतिक्रिया दिनुहोस्