site stats
बाह्रखरी :: Baahrakhari
देश
हृदयाघातबाट सशस्त्रका एसपीको निधन

वीरगन्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण, पर्साका प्रमुख प्रहरी उपरीक्षक सुमन थपलियाको आज दिउँसो निधन भएको छ ।

बाराको गढीमाईसम्म बिहान साइक्लिङ गरेर फर्किएका सशस्त्र प्रहरी उपरीक्षक थपलियाको दिउँसो १ः०० बजेतिर हृदयाघातबाट निधन भएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

साइक्लिङबाट फर्किएपछि उनी गणस्थित आफ्नै कोठामा आराम गरिरहेका बेला अचानक बेहोस भएका थिए । लगत्तै उनलाई उपचारका लागि वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा लगिएको थियो । त्यहाँ पुर्‍याउनुअघि नै मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेको प्रजिअ रेग्मीले बताए ।

नुवाकोट स्थायी घर भएका थपलियाको परिवार काठमाडौंमा बस्दै आएको छ । उनी सात महिनाअघि सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टरको प्रमुखको जिम्मेवारीमा आएका थिए । रासस

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  २०:२२
प्रतिक्रिया दिनुहोस्