site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं महानगरको पहिलो भर्ना सूचीमा चित्त नबुझे निवेदन दिन सकिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ का लागि पहिलो भर्ना सूचीमा चित्त नबुझे निवेदन पेस गर्न सकिने जनाएको छ । महानगरको पहिलो भर्ना सूचीमा कुनै गुनासो भएमा मंगलबार बेलुकी ५ बजेसम्ममा महानगरको शिक्षा विभागमा आवेदन गर्न सकिने छ । 

निवेदनउपर कारबाही सम्पन्न भएपछि म्याचिङको पहिलो भर्ना सूचीको अन्तिम नतिजा प्रकाशन गरिने छ । त्यसपछि मात्र सम्बन्धित शिक्षण संस्थामा भर्नाका लागि जान शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिएका छन् ।

366748341_2737602219714812_6869676915352750571_n1692032548.jpg

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  २२:४५
प्रतिक्रिया दिनुहोस्