site stats
बाह्रखरी :: Baahrakhari
देश
दोलखामा खोलाले बगाउँदा बुवा–छोरा बेपत्ता
प्रतीकात्मक तस्बिर ।

दोलखा । दोलखामा खोलाले बगाउँदा बुवा–छोरा बेपत्ता भएका छन् । खोलाले बगाउँदा बिगु गाउँपालिका–७ का निम्फुन्जो शेर्पा र उनका छोरा बेपत्ता भएका हुन् ।

गाउँनजिकैको जंगलमा निउरो टिप्न गएका दुवैजनालाई खोला तर्ने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिए ।

स्थानियवासीले जानकारी गराएपछि अहिले प्रहरीचौकी बिगुबाट टोली घटनास्थलमा गएको छ । रासस

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्