site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ग्लोबल आईएमई बैंकले ल्यायो क्यूआर कोडको भुक्तानी अडियोबाट सुनिने डिभाइस

काठमाडौं। ग्लोबल आईएमई बैंकले क्यूआर कोडमार्फत गरिने भुक्तानी भ्वाइस मेसेजबाट पुष्टि हुने स्मार्ट अडियो डिभाइस सार्वजनिक गरेको छ ।

बैंकले क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टिका लागि साउन्ड बक्स र एलईडी डिस्प्लेसहितको सेवा ल्याएको हो ।

यो डिभाइसमा क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा एलईडी बोर्डमा रहेको साउन्ड बक्सले भ्वाइस म्यासेजबाट भुक्तानी भएको पुष्टि गर्छ ।

यसले ग्राहक र व्यापारीलाई निकै सहजता प्रदान गर्ने बैंकको विश्वास छ ।

मर्चेन्ट/व्यापारी तथा ग्राहकलाई मोबाइल फोनमा भुक्तानी प्राप्त भएको मेसेजका निमित्त कुर्नुपर्ने समयको पनि बचत हुने बैंकले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १८:२९
प्रतिक्रिया दिनुहोस्