site stats
बाह्रखरी :: Baahrakhari
देश
केटू आरोहण गरेर फोटोपत्रकार पूर्णिमा स्वदेश फिर्ता

काठमाडौं । विश्वको दोस्रो सर्वोच्च शिखर केटू हिमालको सफल आरोहण गरेर फोटोपत्रकार पूर्णिमा श्रेष्ठ स्वदेश फर्किएकी छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएकी उनलाई फूलमालाले स्वागत गरिएको थियो ।

उनले यही साउन ११ गते पाकिस्तानस्थित केटू हिमालको सफल आरोहण गरेकी थिइन् । आरोहणका लागि केटूलाई सबैभन्दा कठिनमध्येको हिमाल मानिन्छ ।

आठ हजार ६११ मिटर अग्लो केटू सगरमाथापछिको दोस्रो अग्लो हिमाल हो ।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्