site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंको विष्णुमतीमा बाढी, बिहानसम्म सतर्क रहन आग्रह 

काठमाडौं । काठमाडौंका केही भू–भागमा गएरातिदेखि भारी वर्षा भएको छ । काठमाडौंको विष्णुमती नदी गोंगबु जलमापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

जलसतह सतर्कता तह नजिक पुगेकोले नदी तटीय क्षेत्रमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान अबेरसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ०५:५३
प्रतिक्रिया दिनुहोस्