site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई तीन वर्षको जेल सजाय, घरबाटै गिरफ्तार
फाइल तस्बिर ।

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ ।

इस्लामावादको एक अदालतले उनलाई सरकारी उपहार बेचेर कमाएको रकम घोषणा नगरेकामा दोषी ठहर गरेको हो । उनले आरोप अस्वीकार गर्दै पुनरावेदन गर्ने बताएका छन् ।

फैसलापछि खानलाई लाहोरस्थित घरबाटै हिरासतमा लिइएको बीबीसीले जनाएको छ ।

अदालतले उनलाई एक लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि तोकेको छ ।

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्