site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
महराको दाबी– राजनीतिक प्रतिशोध साधियो, सुन काण्डमा मेरो संलग्नता छैन
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । 

पार्टीको जारी केन्द्रीय समिति बैठकबाट बाहिरिने क्रममा बिहीबार सञ्चारकर्मीसँगको कुराकानीमा उनले आफूमाथि राजनीतिक प्रतिशोध साधिएको दाबी गरे ।

महराले यसको खण्डन गरिसकेको पनि जानकारी दिए । “सुन प्रकरणमा मेरो संलग्नता छैन । राजनीतिक प्रतिशोध साधियो । मैले खण्डन गरिसकेको छु,” महराले भने ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १७:०८
प्रतिक्रिया दिनुहोस्