site stats
बाह्रखरी :: Baahrakhari
देश
निःशुल्क उपचार सेवाको विवरण सार्वजनिक गर्न निर्देशन 
Argakhachi Cement Island Ad

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० प्रतिशत शैया छुट्याई निःशुल्क उपचार सेवा दिएको विवरण सार्वजनिक गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ । 

मन्त्रालयले सबै अस्पताल र मेडिकल कलेजलाई पत्राचार गर्दै सेवा लिने बिरामीको अभिलेख राख्न र लिखित तथा विद्युतीय डिस्प्लेमार्फत् सार्वजनिक गर्न निर्देशन दिएको हो । 

मन्त्रालयले सबै अस्पताललाई विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि कूल शैयाको १० प्रतिशत शैया छुट्याउन पटक–पटक निर्देशन दिँदै आएको छ । 
janakari1690959568.jpg

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्