site stats
बाह्रखरी :: Baahrakhari
देश
मुग्लिन–नारायणगढ सडक : यस्तो छ कालीखोलामा पहिरो (भिडियो)

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिकै सडकमाथिबाट पहिरो खसेको हो ।

गाडीको चाप बढी भएकाले केही समयका लागि मात्र एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।

केही बेरपछि पहिरो पन्छाउने कार्य पुनः जारी रहने सो कार्यालयले जनाएको छ ।

भिडियो हेर्नोस्–

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्