site stats
बाह्रखरी :: Baahrakhari
देश
झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । झापाको  विर्तामोड नगरपालिका–६ मा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा झापाकै अर्जुनधारा नगरपालिका–११ का २८ वर्षीय  पुकार के.सी. रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका के.सीलाई उपचारका लागि बिर्तामोड स्थित बीएण्डसी अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । 

प्रदेश १–०२–०४३ प ८४ ७४ नम्बरको मोटरसाइकल आज बिहान ४ बजे अनियन्त्रित भइ पल्टिएको प्रहरीले जानकारी दिएको छ ।  
 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १२:३६
प्रतिक्रिया दिनुहोस्