site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
'हिंसालाई वैधानिकता दिने' विधेयक पारित नगर्न शान्ति समाजको माग

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटी संसद्‍मा प्रस्तुत मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को संशोधन विधेयकप्रति गम्भीर चिन्ता व्यक्त गर्दै ध्यानाकर्षण गराएको छ ।

शुक्रबार सिंहदरबारमा सभामुख र अध्यक्षसँग छुट्टाछुट्टै भेट गरी शान्ति समाजले ज्ञापनपत्र बुझाएको हो । "कुनै पनि विधेयक तर्जुमा गर्दा नै लोकतन्त्र र आधारभूत स्वतन्त्रताका मूल्यहरूप्रति संवेदनशील हुँदै नेपाल पक्ष भएको अन्तर्राष्ट्रिय मानव अधिकार/मानवीय कानुनअनुकूल हुनुपर्नेतर्फ समेत ध्यानाकर्षण गराइएको हो," शान्ति समाजले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

Argakhachi Cement Island Ad

संशोधन विधेयक पारित भएमा हिंसालाई वैधानिकता प्रदान गर्ने खतरा रहेको हुने भएकाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को संशोधन विधेयक कुनै हालतमा पारित गर्न नहुने धारण भेटमा शान्ति समाजले राखेको थियो । 

प्रतिनिधिमण्डलमा शान्ति समाजका सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, वरिष्ठ उपसभापति कृष्णबहादुर रावल, महासचिव रेनुका पौडेल, सचिव चन्द्रमणि बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यद्वय नम्रता खरेल र दिवाकर पुडासैनी, काठमाडौं शाखा सभापति भगवान पुडासैनी सम्मिलित थिए । 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्