site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुन तस्करी प्रकरणबारे‍ गृहमन्त्रीको जवाफ माग्ने कांग्रेसको तयारी

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले एक क्विटल सुन तस्करी प्रकरणबारे‍ गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ माग्ने तयारी गरेको छ । कांग्रेस सांसद रामहरि खतिवडाले सुन तस्करी प्रकरणबारे गृहमन्त्री जवाफ मागिने जानकारी दिए ।

“सुरुमै गृहमन्त्रीले समय लिएर जानकारी गराउनुपर्छ । सय डलर मोजाभित्र हालेर ल्याएको साधारण मानिसले पुलिसले अनुसन्धान प्रक्रियाबाट थाहा हुने, सानो कागज बोके थाहा हुने ! एक सय केजी सुन आउँदा बाहिर कसैलाई थाहा नहुने । झन् पुलिस त अनभिज्ञ छ । यो विषय पार्टीको तर्फबाट म उठाउछु,” उनले भने, “गृहमन्त्रीको जवाफ माग हुन्छ । उहाँको जवाफ चाहिन्छ,” खतिवडाले बाह्रखरीसँग भने । 

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै छ । आजको बैठकलाई नेकपा (एमाले)ले पनि अवरोध गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १२:१७
प्रतिक्रिया दिनुहोस्