site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुन तस्करीको भरिया होइन, मालिक पक्राउ पर्नुपर्छ : सुदन किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विमानस्थलमा बरामद भएको सुनको मालिक पक्राउ पर्नुपर्ने बताएका छन् ।

नेपाल मगर विद्यार्थी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री किरातीले सुन तस्करी प्रकरणमा विगतमा भरिया मात्रै प्रक्रिने गरेको भन्दै यसपटक भने सुनको मालिकलाई पक्राउ गर्नुपर्ने बताए ।

उनले कसैलाई शक्तिका भरमा संविधान र न्यायभन्दा माथि बस्ने अधिकार नरहेको भन्दै भ्रष्टाचारी र तस्करीलाई अन्त्य गर्न जनताले दबाब दिनुपर्ने बताए ।

उनले विमानस्थलमा बराम भएको सुन प्रकरण हेर्ने निकाय अर्थ र गृहको भएको पनि स्पष्ट पारे ।

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १८:३८
प्रतिक्रिया दिनुहोस्