site stats
बाह्रखरी :: Baahrakhari
देश
हुम्लामा बलात्कार आरोपमा एकजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । हुम्लामा २५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा ताजाकोट गाउँपालिका–२ बस्ने ३६ वर्षीय पुनिमल लुहार रहेका छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

लुहारले ती महिलालाई सोही गाउँपालिका–१, जिउछास्थित भेडी गोठमा बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ताजाकोट छप्रेलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १४:४३
प्रतिक्रिया दिनुहोस्