site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं महानगरमा कक्षा ११ को छात्रवृत्ति पाउन एक हजार ८३ जनाको आवेदन

काठमाडौं । काठमाडौं महानगरपालिकामा कक्षा ११ को छात्रवृत्तिका लागि एक हजार ८३ जनाले आवेदन दिएका छन् । महानगरपालिकाले असार २८ गते बिहान १० बजेबाट खुला गरेको आवेदनमा साउन ४ गते दिउँसो साढे ३ बजेसम्म एक हजार ८३ जनाले आवेदन दिएका हुन् । 

यसमा सबैभन्दा धेरै आवेदक विज्ञान विषयका छात्र ५४९ जना र छात्रा २२७ जना छन् । दोस्रोमा व्यवस्थापन विषयका लागि २३९ जना छन् । यसमा छात्रको संख्या १४८ जना र छात्राको संख्या ९१ जना छ । 

प्राविधिक विषयका लागि २४ जना छात्र र १७ जना छात्रा गरी ४१ जना, कानुन विषयका लागि १६ जना छात्रा र ७ जना छात्र गरी २३ जना, मानविकीमा १ जना छात्र र १ जना छात्रा तथा शिक्षामा १ जना छात्र र १ जना छात्राको आवेदन परेको छ । 

विद्यार्थीहरूले साउन १२ गते राति १२ बजेसम्म आवेदन दिन सक्ने छन् । 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  २२:२७
प्रतिक्रिया दिनुहोस्