site stats
बाह्रखरी :: Baahrakhari
देश
राष्ट्रपति पौडेलले दिए टेलिफोन गरेर प्रधानमन्त्री दाहाललाई समवेदना

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताएका छन्  । राष्ट्रपति पौडेलले बुधबार बिहान प्रधानमन्त्री दाहाललाई टेलिफोन गरेर दुःख व्यक्त गरेका हुन् ।

दुःखको यस घडीमा प्रधानमन्त्रीसहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्ने कामना गर्दै गहिरो समवेदना पनि प्रकट  गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्