site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मौद्रिक नीति समग्र आर्थिक स्थायित्व कायम गर्नेगरी आउनुपर्छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत मूल्यवृद्धि नियन्त्रण गर्ने मात्रै लक्ष्य नभएर समग्र आर्थिक स्थायित्व कायम गर्ने भएको बताएका छन् ।

मंगलबार नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिद्वारा आयोजित नेपालको वित्तीय क्षेत्रका चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा विषयक सामाजिक संवाद कार्यक्रममा अर्थमन्त्री महतले मुलुकको वर्तमान आर्थिक सूचकहरूले खुकुलो मौद्रिक नीति ल्याउन मिल्ने देखाएको बताएका हुन् ।

Argakhachi Cement Island Ad

उनले भने, “राष्ट्र बैंकलाई ठूलो चिन्ता मौद्रिक नीति खुकुलो बनाउँदा मूल्यमा समस्या आउँछ की भन्ने कुरा आएको थियो । अहिले आएको तथ्याङ्कहरूले पनि अब आउने मौद्रिक नीतिलाई खुकुलो गर्ने प्रशस्त ठाउँ इन्डिकेटरले पनि सर्पोट गर्ने अवस्था आएको छ ।”

उनले मौद्रिक नीतिको लक्ष्य मूल्यवृद्धि नियन्त्रण गर्ने मात्रै नभएर समग्र अर्थतन्त्रमा स्थायित्व र आर्थिक वृद्धि उन्मुख गराउने भएको बताए । उनले वर्तमान आर्थिक सूचकहरू अनुरुपमा चाँडै आउँदो वर्षको सुरुमा नै मौद्रिक नीतिले सम्बोधन गर्ने बताए ।

उनले खुकुलो मौद्रिक नीति आउँदा बैकिङ क्षेत्रमा देखिएको तरलता पुँजीप्रवाह नभएको अवस्थालाई मदत पुग्ने बताए । बैंकहरूले ठूला लगानीकर्ताहरुमा मात्रै लगानी प्रवाह गर्ने तर मध्यम र साना लगानीकर्तामा पुँजीप्रवाह नगर्ने प्रवृति रोक्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १८:१५
प्रतिक्रिया दिनुहोस्